नियम ७
कार्यविधि निर्धारण गर्न सक्ने
(१) आयोगले पुनरावेदनको कारबाही र किनारा गर्ने सिलसिलामा सम्बन्धित प्रमुख, सूचना अधिकारी वा अन्य सम्बद्ध व्यक्तिलाई वयानको लागि आयोग समक्ष उपस्थित गराउन वा सम्बद्ध व्यक्तिबाट लिखत वा सवूद प्रमाण पेश गर्न लगाउने सम्बन्धमा आवश्यक कार्यविधि निर्धारण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यविधि आयोगले सार्वजनिक गर्नु पर्नेछ ।